८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ दलनिकट विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

आज (बिहीबार) बसेको सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनहरुको संयुक्त विद्यार्थीको बैठकले निर्णय फिर्ता नगरे प्रतिरोधमा उत्रिने समेत चेतावनी दिएको छ ।

‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहन्छौँ ।’

यसै विषयलाई लिएर बैठकले त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको गरेकोप्रति खेद व्यक्त गर्दै भोलि (शुक्रबार) १ बजे कीर्तिपुर क्याम्पसमा बृहत् प्रदर्शन गर्ने बताएको छ ।

यसैबीच विपक्षी विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि निर्णय खारेज गर्न माग गरेको छ। अनेरास्ववियुले आज त्रिवि सेवा आयोगका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ। उही विषयको सबै विद्यार्थीले विरोध गरे पनि आन्दोलन भने फरक–फरक तरिकाले गरेका छन् ।

हिजो मात्रै त्रिवि निर्णयविरुद्ध सत्तारुढ विद्यार्थी सङ्गठनले त्रिवि परिसरमै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस