८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय संसदले सुशासनको सन्देश दिन सक्नुपर्छ : सभामुख सापकोटा

अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएका छन्।

पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिए ।

सभामुख सापकोटाले भने, ‘चारैतिर निराशा रहेका बेला हामीले देश र जनताको सेवामा इमानदार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ । हामी सबै त्यसतर्फ लागौँ ।’ जीवन्त र जनमुखी मात्र होइन, जनताको ढुकढुकी र लोकधारकारुपमा रहेको संसद् सेवाका कर्मचारीलाई लोकतन्त्रको मूल्य मान्यताअनुरुप क्रियाशील हुन सुझाव दिँदै उनले भने, ‘म आफू पनि राष्ट्र र इतिहासले दिएको जिम्मेवारीलाई निष्ठा र इमानदारीका साथ पूरा गर्नेछु ।’

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिइन् । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कर्मचारीका सेवा सुविधा र हित संरक्षण गर्दै लक्ष्यप्राप्तिमा आवश्यक ध्यान दिइने प्रतिबद्धता जनाए ।

सचिवालयका सचिव ध्रुवप्रसाद शर्माले सरकारको काम कारबाही निगरानी गर्ने संसद सेवालाई मर्यादित, गरिमामय र आकर्षक तुल्याउने प्रयास भइरहेको बताए । संसद् कर्मचारी युनियनका अध्यक्ष नवराज नगरकोटीले संसद् सेवाको ओज र सेवा सुविधा बढाउन नेतृत्वबाट पहल आवश्यक रहेको औँल्याए ।

संसद् सेवामा आकर्षण बनाउन नसकेका कारण लोकसेवा उत्तीर्ण भएर आउने जनशक्तिलाई टिकाइ राख्न पछिल्लो समय चुनौती रहेको सो अवसरमा जानकारी दिइयो ।

संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशिको सर्वोत्कृष्ट सङ्घीय संसद् सेवा र शाखा अधिकृत दिपाकुमारी दुलाललाई रु ७५ हजार राशिको उत्कृष्ट सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषण गरियो ।

वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनाललाई जनही रु ५०/५० हजार राशिको यस वर्षको सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गरियो । यस वर्षको संसद् सेवा दिवसको मूल नारा लगनशीलता र कर्तव्य निष्ठा : संसद् सेवाको प्रतिष्ठा तय भएको थियो ।

संसद्लाई स्वतन्त्र तवरले विशेषज्ञ प्रकृतिको सेवाका रुपमा स्थापित गर्न विसं २०५८ मङ्सिर २८ गते स्वायत्त संसद् सेवा गठन गर्न ऐन जारी भएको दिनको सम्झनामा सङ्घीय संसद् सेवा दिवस मनाइँदै आएको छ ।

विगतमा केही वर्ष संसद् नरहेको अवस्थामा दिवस मनाउने काम रोकिएकामा २०६४ सालबाट पुनः आरम्भ गरिएको थियो । सभामुख सापकोटाले समारोहमा सङ्घीय संसद् सचिवालयको वार्षिक प्रकाशन स्मारिका लोकार्पण गरे ।

प्रतिक्रिया दिनुहोस