२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा रासायनिक मलको चरम अभाव

रासायनिक मल
अ+ अ-

सप्तरी । सप्तरीमा रासायनिक मलको चरम अभाव देखिएको छ । गहुँ खेतीको समयमा यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् ।

कृषि सामग्री केन्द्रले राजविराजस्थित तेतरी गाछीमा रहेको गोदाममा भण्डारण गरी राखेको मल मङ्गलबारदेखि बाँड्न सुरु गरेपछि गाउँ गाउँबाट आएका किसान बिहानदेखि भीड लाग्ने गरेको छ ।

डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान भने खाली हात फर्किनुपरेको स्थानीय किसान रामदेव मण्डलले बताए । डिलरले किसानलाई मल नदिएर महँगो मूल्यमा बेच्ने गरेको र भारतीय सीमामा नेपालको मल पाइने गरेको उनले बताए ।

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले स्थानीय तहको सिफारिसमा मल दिँदै आएको जानकारी दिए । सरकारको निर्देशनअनुसार डिलरलाई नै मल दिनुपर्ने बाध्यता रहेकाले सोझै किसानलाई दिन नसकिने उनको भनाइ छ ।

सो कार्यालयका अनुसार सप्तरीमा पहिलो र दोस्रो खेपमा कार्यालयमा उपलब्ध भएको मल वितरण गरिएको छ । तेस्रो खेपको मल वितरण सुरु भएको छ तर अझै मागअनुसार आपूर्ति गर्न सक्ने अवस्था नरहेको जनाइएको छ ।

तेस्रो खेपमा छ हजार ७५० बोरा युरिया र छ हजार १९२ बोरा डीएपी मल वितरण गर्नुपर्ने भएकाले प्रत्येक स्थानीय तहलाई ३७५ बोरा युरिया र ३४४ बोरा डीएपी मल उपलब्ध गराउने तयारी छ । हाल गहुँ खेतीको समयमा ७५३ मेट्रिक टन युरिया र ३८७.६ मेट्रिक टन डीएपी वितरण गरिएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार ८१ हजार ६६८ हेक्टर अर्थात् कुल भूभागको ६४ प्रतिशत खेतीयोग्य जमिन छ । कृषिका लागि निकै उर्वर मानिने सप्तरीमा केही वर्षदेखि बीउ, मल अभाव, सिँचाइको उपयुक्त प्रबन्ध नहुनु, बदलिँदो परिवेशमा कृषकमा आवश्यक कृषि ज्ञान र औजारको अभावलगायतका समस्याले कृषि क्षेत्रको उत्पादकत्व घट्दै गएको छ ।

किसानलाई मल वितरणको जिम्मेवारी पाएका सप्तरीका डिलरको बदमासीका कारण किसानले मल पाउन नसकेको बताइएको छ । राजविराज–११ का रामकिसन यादवले भने, ‘मेरो वडामा चार वटा डिलर छन् तर सबै डिलरवालाले बीच बाटोबाटै मल महँगोमा बिक्री गरेर किसानलाई भने छैन भनेर फर्काउने गरेका छन् ।’

जिल्लाका ६०० भन्दा बढी सहकारीले मल वितरणको डिलर लिएका छन् तर तिनीहरूले दुई हजार २८१ रुपियाँमा किनेको एक बोरा मल तीनदेखि चार हजार रुपियाँसम्ममा तोकिएको क्षेत्रभन्दा बाहिर बेचिरहेको किसानको आरोप छ ।

प्रतिक्रिया दिनुहोस