आज हुने मिस वर्ल्डको ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आज हुने मिस वर्ल्डको ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो । प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन् ।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबै जना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जनाएको छ । आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ।

सुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो।

आगामी ९० दिनभित्र प्रतियोगिता गर्ने भनिए पनि कोरोना संक्रमणको स्थितिमा सुधार नआए प्रतियोगिता हुन सक्ने छैन । सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबै जनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो ।

सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने भएको छ । नेपालबाट नम्रता श्रेष्ठ त्यहाँ पुगेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस