१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघको त्रासमा राप्ती सोनारीबासी

अ+ अ-

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा(६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ ।

शनिबार बिहान राप्ती सोनारी(५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिँदा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका हुन् । आलीनगर पुग्नैलाग्दा ओरालो बाटोमा पछाडिबाट बाघ झम्टिन आएको थियो ।

बाघले झम्टे पनि पन्जाले नभेटाएकाले आफू बाँच्न सफल भएको क्याम्पस प्रमुख बटालाले बताए । शनिवार दिउँसो नै बाँकेको फत्तेपुरस्थित जङ्गलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरु रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् ।

वडा नं ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो। अशोक डाँडाटेपरी र राजाराम गुलरी निवासी हुन् ।

बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएको राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण समितिका संयोजक सिताराम थारुले बताए ।

बाँकेमा गत भदौ अन्तिम साता राप्ती सोनारी–१ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । निकुञ्ज क्षेत्रमा रहेका बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले दुई हात्ती र नेपाली सेनासहितको टोलीले २४सै घण्टा गस्ती गरिरहेको जानकारी दिए । बाघले आक्रमण गर्नसक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन रोक नै लगाइएको र मोटरसाइकल तथा अटोरिक्सालगायत साना सवारी साधनलाई समूहमा मात्र गुड्न दिइएको साहले बताए ।

प्रतिक्रिया दिनुहोस