९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता

अ+ अ-

सिमकोट । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् ।

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।

गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले गरे।

बुवा कामीले भने, ‘अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्‍यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन । खै छोरालाई कुन कर्णाली नदीमा फाले होलान् अत्तोपत्तो छैन’ बुवाले दुखेसो गरे ।

कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएको बुवा कामीले बताए ।

यता लिपु्रका माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएनन् । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आऊ भेटौँ भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् । बुधबार राति मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवायुवतीलाई लिएर मुगु पुगेको भए पनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुन सकेको छैन ।

घटनाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । प्रमुख जिल्ला अधिकारी आर्चायका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझने र आवश्यक अनुसन्धान भइरहेकाले युवती पक्षको बुवालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको बताए ।

प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक शर्मा आफैँ पुगेका छन् । बेपत्ता पारिएका युवक अझै भेट्टाउन सकिएको छैन । प्रहरीले अनुसन्धान र खोजी तीव्र पारेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस