७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, दुई घाइते

अ+ अ-

काठमाडौँ । देशका बिभिन्न स्थानमा गएराति भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

कास्कीमा गएराती ट्रकमा स्कुटर ठोकिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीमा भएको दुर्घटनामा स्कुटर चालक स्थानीय ३० वर्षीय कृष्ण सुवेदी र पछाडी सवार २८ वर्षीय सुनिल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराती १२ बजे सडक छेउमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको स्कुटर ठोकिएको हो।

यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा कुखुरा बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका १५ का २० वर्षीय कुनथाङ मोक्तान रहेका छन्। घाइते भएका जीप चालकसहित दुई जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ।

महोत्तरीबाट कुखुरा लिएर काठमाडौं आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

यस्तै सुनसरीको इनरुवा नगरपालिका ६ मधेसामा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीकै भोक्राहा नरसिंह गाँउपालिका १ का ५५ वर्षीय रामेश्वर उराउ रहेका छन्।

पूर्व पश्चिम लोकमार्गमा को १ च ९० ९१ नम्बरको मिनी ट्रकले उराउलाई ठक्कर दिएको हो।

यस्तै कैलालीको टिकापुर नगरपालिका ७ बैदीमा गएराती साइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका ८ काँडाका ५५ वर्षीय साधुराम डगौरा रहेका छन्।

गएराती साढे नौ बजे डगौरा सवार रहेको साइकल कल्भर्टबाट खोल्सामा खसेको थियो।

प्रतिक्रिया दिनुहोस