६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुगेन

ljt/0fsf nflu tof/L cj:yfdf vfBfGg bdf}nL, @^ r}t M tgx'Fsf] z'Snfu08sL gu/kflnsfsf] sfof{nodf ljt/0fsf nflu /flvPsf rfdn . gu/kflnsfn] ;a} j8f sfof{noaf6 c;xfo tyf ljkGg kl/jf/sf] ljj/0f ;ªsng u/]/ /fxt ljt/0fsf] tof/L yfn]sf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;
अ+ अ-

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन ।

सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित बिक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो ।

यसपालि वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएका कारण खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी बताउँछन् ।

स्थानीय उत्पादन कम हुनु, खाद्यान्न आयात नहुनु र लिमिटेडको खाद्यान्न पनि ढुवानी हुन नसक्दा खार्पुनाथमा खाद्यान्नको चर्को समस्या देखिएको वडा नं २ थालीका स्थानीयवासी लामा रावलले बताए । उनले भने, ‘वडा नं २ थालीका ३०० घर रहेका छन्, उनीहरुसहित अन्य वडाका स्थानीयवासीले पनि वर्ष दिन खाद्यान्न नपाउँदा प्रत्यक्ष समस्यामा परेका छन् ।’

वर्षको एक पटक मात्रै गएको असार महिनामा थालीका ३०० घरधुरीलाई ३० केजीका दरले प्रतिघरधुरीलाई एक बोराबाहेक त्यसयता खाद्यान्न वितरण नभएको उनको भनाइ छ ।

खार्पुनाथको याङ्चु बजारस्थित बिक्री केन्द्रमा यहाँका लागि आवश्यक पर्ने ५०० क्विन्टल खाद्यान्न अहिलेसम्म ढुवानी हुन नसकेपछि यहाँका नागरिक चामल पाउनबाट वञ्चित हुनुपरेको हो । त्यस्तै गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको उनको भनाइ छ ।

हुम्लाका अधिकांश डिपो र बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण स्थानीयवासीले पाउनुपर्ने खाद्यान्न पाउन नसकेका हुन् ।

यस्तै जिल्लाको दक्षिणी भेगका सर्केगाड डिपो, छप्रेला, श्रीनगरलगायतका बिक्री केन्द्र तथा डिपोमा यति बेला खाद्यान्न अभाव भएको छ । विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा खाद्यान्नको थप सङ्कट निम्तिने देखिएको छ ।

खार्पुनाथ गाउँपालिकाबाट दक्षिण भेगमा रहेका बिक्री केन्द्र तथा डिपोका लागि पैदलमार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । अब पुस, माघमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा अत्यधिक हिमपात हुने गर्दछ । त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ ।

ठेकेदारको चरम लापरबाही र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको बेवास्ताका कारण यहाँका नागरिकले वर्षैपिच्छे खाद्यान्नको समस्या झेल्दै आउनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस