७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने जर्मनीको भनाइ

अ+ अ-

बर्लिन । जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएकी छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

पद ग्रहण गरेको दुई हप्तापछि उनले भनिन्, ‘बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु वाञ्छनीय हुनेछ ।’

बायरबोकले संवाददाताहरूसँग भनिन्, ‘हाम्रो नजरअगाडि अफगानिस्तान हाम्रो समयको सबैभन्दा भयावह मानवीय विपत्तितिर लम्किरहेको छ ।’ ‘अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ढलेका छन्, थुप्रै मानिसहरू भोकभोकै छन् । निराश भएका परिवारहरूले आफ्ना छोरीहरूलाई खाना किन्न बेचिरहेका छन् भन्ने कुराले कसको मन नछोला र ?’

यस हिउँदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयोगको आवश्यकता पर्ने अनुमान गरिएको उनले बताइन् । ‘हामीले कुनै कदम नचालेका कारण सयौं हजार बालबालिका मृत्युको मुखतिर धकेलिइरहेका छन्,’ बायरकोकले भनिन् ।

मानवीय सहायता अफगानिस्तानमा पुग्न सकोस् र विशेष गरी देशलाई सुरक्षाको खाँचोमा परेकाहरूलाई ल्याउन सकियोस् भनी बर्लिनले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग छलफल चलाउने उनले बताइन् ।

जर्मनीले आफ्नो दुई दशक लामो सैन्य सहभागिताको अन्तमा भाग लिन सहमत भएका लगभग १५ हजार मानिसहरू अझै पनि उद्धारको प्रतीक्षामा अफगानिस्तानमा थिए भन्ने विषयलाई बिर्सने छैन । उनले भनिन् , ‘उनीहरूलाई उद्धार गर्नु बर्लिनको लागि ‘उच्च प्राथमिकता’ हुनेछ ।’

यी प्रयासको केन्द्र संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् हुनुपर्ने उनको धारणा थियो । बुधबार तालिबानको हातबाट कोष बाहिर राख्ने प्रयास गर्दै मानवीय सहायतालाई हताश अफगानीहरूसम्म पुग्न मदत गर्न अमेरिकाद्वारा प्रस्तावित प्रस्तावनालाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सर्वसम्मतरूपमा पारित गरेको छ ।

अगस्तमा तालिबान सत्तामा फर्केपछि संयुक्त राष्ट्रसङ्घले सहायता निर्भर अफगान अर्थव्यवस्थाको लागि ‘अपूर्व वित्तीय झट्का’ भनेको थियो । लामो समयपछि सत्तामा आएको तालिबान समूहप्रति अविश्वास गर्दै अमेरिका तथा केही पश्चिमी मुलुकले अरबौँ डलर सहायतालाई रोकेको छ भने अफगानिस्तानको विदेशमा रहेको सम्पत्ति रोक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस