७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५१ करोड मागदावीसहित १० जना विरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ५१ करोड ८६ लाख ४२ हजार दुई सय ५४ रुपैयाँ मागदावीसहित १० जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

विभागले राजश्व चुहावट र विदेशी विनिमयसम्बन्धी दायर गरेको ४ वटा मुद्दा अन्तर्गत बारा, भलुही भरवलिया १ स्थित लार्ज ट्रेड लिङ्कका सञ्चालक अर्जुन प्रसाद पटेल, सिराहा राजपुरका जय किशोर साह, सिराहा रामपुर, पिपराका सुर्यजित प्रसाद साह र सर्लाही भक्तिपुरका तोयनाथ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।

लार्ज ट्रेड लिङ्क प्रा.लि. नामक कम्पनीबाट वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावटको कसुर गरेको अभियोगमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि कर ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, लाभांश कर १ करोड ५४ लाख ५६७ रुपैयाँ र आयकर रकम १० करोड ६५ लाख २४ हजार ७९२ रुपैयाँ गरी कुल १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ राजस्व चुहावट गरेका छन् । उनीहरूबाट सो बराबरको बिगो रकम कायम गरी शत प्रतिशत जरिवाना सजाय अर्थात् कुल ३६ करोड ७० लाख ४४ हजार ५७२ रुपैयाँ माग दाबी गरिएको छ ।

यसैगरी पर्साको वीरगन्ज उपमहानगरपालिकास्थित तुराहा सप्लायर्स नामक कम्पनीबाट राजस्व चुहावट गरेको अभियोगमा सञ्चालक हरि नारायण साह तुराह, पर्सा विष्णुपुरका किशोर साह र सिराहा रामपुर–९ पिपराका सुर्यजित प्रसाद साहविरुद्ध अर्को मुद्दा दायर गरिएको छ । सुर्यजित दुवै मुद्दामा जोडिएका छन् । 

उनीहरूले मूल्य अभिवृद्धि कर रकम ९६ लाख ४५ हजार ६ सय, लाभांश कर १५ लाख ४६ हजार तीन सय १० र आयकर रकम १ करोड ७ लाख ६ हजार दुई सय १४ सहित कुल राजस्व रकम २ करोड १८ लाख ९८ हजार एक सय २४ रुपैयाँ छली गरेको विभागले जनाएको छ । सो बराबरको बिगो रकम कायम गरी शतप्रतिशत जरिवाना अर्थात् कुल ४ करोड ३७ लाख रुपैयाँ बराबरको सजाय माग दाबी गरिएको छ ।

त्यस्तै अमेरिकी डलर अवैध रूपमा सञ्चय तथा ओसार पसार गरेको अभियोगमा शिवालय चोक पोखराका छिरिङ ढुन्डु गुरुङविरुद्ध जिल्ला अदालत, पोखरामा विदेशी विनिमयसम्बन्धी मुद्दा दायर गरिएको छ । गुरुङको साथबाट बरामद भएको अमेरिकी डलर एक लाख ९४ हजार दुई सयको हुन आउने नेपाली रुपैयाँ दुई करोड ३२ लाख ७४ हजार एक सय ८० रुपैयाँ बिगो कायम गरी शत प्रतिशत जरिवानासहित ६ करोड ९८ लाख २२ हजार पाँच सय ४० रुपैयाँ माग दाबी गरिएको छ । 

विभागले राजस्व चुहावटसम्बन्धी अर्को मुद्दा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास, नेपालगन्ज बाँकेमा दायर गरेको छ । विभागले भन्सार चोरी पैठारी गरेका कपडाजन्य मालवस्तुहरु अर्काको फर्मको नक्कली बिजक छपाएर त्यसको प्रयोग गरी माल बस्तुका साथ बिक्री वितरण गर्ने अर्घाखाँची, पालि–२ स्थायी ठेगाना भई हाल जिल्ला बाँके, नेपालगन्ज–४ सेतु बिक चोक बस्ने आले भन्ने सैपादिन मिया र भारत, उत्तर प्रदेश, बहराईच जिल्ला, रामलीला चोक, रुपैडिहा स्थायी ठेगाना भएका अमन मित्तलबिरुद्ध मुद्दा दर्ता गरेको हो । 

उनीहरूले एक करोड ८९ लाख ८९ हजार चार सय ४७ रुपैयाँ बराबरको कपडाजन्य माल बस्तु भन्सार चोरी पैठारी गरी नक्कली बिजक जारी गरी बिक्री वितरण, ढुवानी, ओसारपसार गरी/गराई नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गरेकोले शतप्रतिशत जरिवानासहित तीन करोड ७९ लाख ७८ हजार आठ सय ९४ रुपैयाँ माग दाबीसहित विभागले मुद्दा दर्ता गरेको हो । 

पछिल्लो समय विभाग करछलीबिरुद्ध आक्रामक कारबाहीमा उत्रिएको छ । 

प्रतिक्रिया दिनुहोस