२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्ण अशक्त महिलालाई घरमै नागरिकता

अ+ अ-

हेटौँडा । एक पूर्ण अशक्त महिलालाई घरमै पुगेर नागरिकताका प्रमाणपत्र उपलब्ध गराइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भरत मणी पाण्डेले मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई शनिवार घरमै पुगेर नागरिकता उपलब्ध गराएका हुन् ।

मानसिक सन्तुलन गुमाएकी गिरीलाई परिवार र आफन्तले जिल्ला प्रशासन कार्यालयसम्म पुर्‍याएर नागरिकता दिलाउन सम्भव नभएको भन्ने जानकारीपछि प्रजिअ आफैँ गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसमेतको उपस्थितिमा शनिवार नागरिकता वितरणका लागि गिरीको घर पुगेका थिए ।

नागरिकता विहीनताको कारणबाट सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुनिश्चितता भएको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहज हुने परिवारको भनाई छ । साथै घरमै आएर मानसिक रूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा आफूलाई ठुलो राहत महसुस भएको भन्दै परिवारले खुसी व्यक्त गरेका छन् ।

अशक्त नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालयले घरमा नै गएर नागरिकता प्रमाणपत्र दिँदै आएको छ ।

माओवादी द्वन्द्वको समयमा २०५९ सालमा घर नजिकै एम्बुस विस्फोट हुँदा गिरीले श्रवण शक्ति र मानसिक सन्तुलन गुमाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस