८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता कार्यान्वयनको नेतृत्व माओवादीले गर्नुपर्छ : अनिलकुमार झा

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले सङ्घीयता र समावेशीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

‘सङ्घीयता र गणतन्त्र स्थापना भएको छ । त्यसलाई कसैले हल्लाउन सक्दैन’, नेता झाले भने, ‘तर, सङ्घीयता र समावेशीकरणको एजेन्डालाई उचित तरिकाले सम्बोधन गराउनमा माओवादीको नेतृत्व र बाँकी नेताको सहयोगमा सफल हुने अपेक्षा हाम्रो पार्टीले राखेको छ ।’

सङ्घीयता आए पनि केही नआएको टिप्पणी नेता झाले गरे । ‘सङ्घीयता आयो सबै चिज आयो । तर, केही पनि आएको छैन’, उनले भने, ‘हामीले मधेस आन्दोलन गर्‍यौँ । तर, त्यो आन्दोलनका मागको सम्बोधन आजसम्म हुन सकेको छैन ।’

माओवादी जनयुद्धमा जानुभन्दा अगाडि नै मधेसका शोषित जनताको पक्षमा आन्दोलन उठाएको उनले सम्झना गरेका छन् ।

जनआन्दोलन सुरु भएपछि माओवादी केन्द्रका नेता प्रचण्डको विषयमा गरेको टिप्पणीको सम्झना गरे । उनले गजेन्द्र नारायण सिंहले माओवादीलाई कहिल्यै आतङ्ककारी नभनेको समेत सम्झना गरेका छन् ।

‘गजेन्द्र नारायण सिंहले कहिल्यै पनि माओवादीलाई आतङ्ककारी पार्टी भन्नुपर्छ भन्ने दस्तावेजमा हस्ताक्षर गर्नु भएन’, झाले उनको भनाइ सम्झँदै भने, ‘उहाँले भन्नुहुन्थ्यो हामी शान्तिवादी छौँ । उहाँहरु क्रान्तिकारी हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस