१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै भवन बनाउँदै बागलुङ काँग्रेस

अ+ अ-

गलकोट । नेपाली काँग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएको छ ।

यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ ।

पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ । हालसम्म सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ ।

सुरुआती चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले दुई लाख ५० हजार, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्रविक्रम कुँवरले एक लाख, कृष्णबहादुर घिमिरेले एक लाख र टीकाराम थापाले एक लाख ११ हजार सहयोग गरेका छन् ।

आगामी एक वर्ष नसके दुई वर्षभित्रै पार्टीको आफ्नै भवन हुने सभापति जीतबहादुर शेरचनले जानकारी दिए ।

उनले जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरी योजना बनाएर आर्थिक व्यवस्थापनमा लागेको बताए । उनले पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको जानकारी दिए ।

पार्टी कार्यालय सुविधा सम्पन्न हलसहितको हुने उनको भनाइ छ । पार्टीको पहिलो बैठकले सङ्गठनलाई सुदृढीकरण गर्नका लागि जिल्लाका सबै पालिकामा संयोजक तथा सदस्य तोकिएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकले जिल्लाको अलपत्र खण्ड मध्यपहाडी लोकमार्गलाई छिटो सक्नका लागि ध्यानार्कषण गर्ने निर्णयसमेत गरेको छ । जिल्लामा हालसम्म राजनीतिक दलको आफ्नै कार्यालय छैन । भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेका छन् ।

नेकपा (एमाले)ले भवन बनाउन शिलान्यास गरेको चार वर्ष बित्दासमेत भवन बन्न सकेको छैन । जिल्लामा सक्रिय सबै राजनीतिक दल व्यक्तिका घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

विभिन्न समय पार्टीले आफ्नै भवन निर्माण गर्ने चर्चा नचालाएका भने होइनन् । बेला–बेलामा यस विषयमा चर्चा नै हुने गर्छ तर केही समयमै सेलाउँछन् ।

प्रतिक्रिया दिनुहोस