८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

अ+ अ-

टोकियो । भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ ।

‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत् आपूर्तिमा अवरोध आउँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन् । अधिकारीहरूले सोमबार राति पनि थप हिउँ पर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् ।

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए ।

मात्सुनोले भने, ‘हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ । भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ । अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ ।’

‘अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भए पनि अपराह्नतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताए ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन सहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो ।

उक्त स्थानमा आज बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर (२६ इन्च) हिउँको सतह बनेको एनएचकेले बताएको छ । हाइकोन सहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमबर्षा हो ।

एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २०० यात्रुहरू हिउँमा अलपत्र परेका बताएको छ ।

हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ । सोमबार लगभग ५० उडान रद्द भएका एनएचकेले जापानी उड्डयन अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

प्रतिक्रिया दिनुहोस