१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिबिसी मास्टरसेफको ‘रिम्याच’ उपाधि सन्तोष साहलाई

अ+ अ-

काठमाडौँ । सन्तोष साहले बिबिसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बिबिसी वानमा हिजो (सोमबार) साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए।

सिरहाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए। दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडाको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।

निर्णायकहरुले सन्तोषको खानाको तारिफ गर्दै उनलाई उपाधि दिलाए।

बिबिसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेसनल युके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि चुलिएको थियो।

गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए।

प्रतिक्रिया दिनुहोस