७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे प्रशासनद्वारा आलोपालो सेवा प्रवाह

अ+ अ-

काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेपछि आउँदो बिहीबारदेखि सेवाको तालिका हेरफेर गरेको छ ।

कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिनसमेत आग्रह गरेको छ ।

दैनिकरूपमा नागरिकता लगायतका सेवा लिन आउनेको सङ्ख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा प्रदान गरिनेछ ।

यस्तै पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र बिहीबार सेवा प्रदान हुने जारी सूचनामा जनाइएको छ । बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका लागि मङ्गलबार र शुक्रबार तोकिएको छ । अन्य दुई महाभारत र खानीखोला गाउँपालिकाका लागि दैनिकरूपमै सेवा प्रदान हुने प्रजिअ पोखरेलले जानकारी दिए ।

कार्यालयले गत असोज महिनायता जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप्दै आएको थियो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले समुदायमा सङ्क्रमणदर घटेको तथा मृत्युदर शून्यमा झरेका कारण काभ्रेपलान्चोक ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

यसैबीच काभ्रेपलान्चोकमा कोरोना सङ्क्रमणको जोखिम न्यून रहेको पाइएको छ । केन्द्रका अनुसार हाल जिल्लामा ३२ कोरोना सक्रिय सङ्क्रमित छन् । केन्द्रले केही दिनदेखि नयाँ सङ्क्रमित नदेखिएको जनाएको छ । जिल्लाका सात स्थानीय तह मण्डनदेउपुर नगर तथा छ गाउँपालिका चौँरीदेउराली, रोशी, तेमाल, बेथानचोक, महाभारत र खानीखोला कोरोना सङ्क्रमणमुक्त छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरमा नौ, पाँचखालमा तीन, धुलिखेलमा आठ, पनौतीमा सात, नमोबुद्ध नगरमा दुई र भुम्लु गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ । जिल्लामा हालसम्म १४ हजार ८४० मा सङ्क्रमण देखिएकामा १९३ जनाको मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव ४८ प्रतिशत अर्थात् १४ हजार ६१५ सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस