१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’

अ+ अ-

काठमाडौँ । कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आबद्ध समितिले हिजो (सोमबार) काठमाडौँमा आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’मा कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या भएको पाइएको बताइएको हो ।

कार्यक्रममा महासङ्घ नेपाल आबद्ध समितिका सदस्य एवं नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको महासचिव प्रदीप आचार्यले प्रवासमा नेपाली श्रमिकलाई धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सबै एक भएर अगाडि बढ्ने निष्कर्ष भेलाले गरेको बताए ।

कोरोनाको समयमा श्रमिकलाई आफ्नो देश फर्कन समस्या, विदेश जान लागेका श्रमिक विदेश जान नसकी पैसा फसेर बसेका समस्या, विदेशमा काम गरेको ज्याला समयमा नपाउने समस्या, नेपाल फर्कन पाँच/छ महिना कुर्नुपर्ने समस्या, काम गरेको ज्याला घटाएर दिने समस्या र धेरै काम गर्नुपर्नेलगायत समस्या देखिएको सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त महासङ्घमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आबद्ध छन् । उक्त तीन वटा सङ्घमा विदेशमा १७ हजार मजदुर आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस