५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा, संस्कृति देशका मौलिक सम्पत्ति : प्रदेश प्रमुख गुरुङ

अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए ।

तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल बहुजातीय बहुभाषिक, बहु सांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए ।

देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उनले ल्होसार पर्वले राष्ट्रमा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताए । नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभई समग्र विश्वका लागि पुँजी भएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको सङ्कुचित परिभाषा गरेको बताउँदै २०६२/६३ को जनआन्दोलन पश्चात् सबै जातजाति, भाषभाषी एवं संस्कृतिबिचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राखे । नेपाली विविधताबिच सबैले सामूहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उनले ल्होसार पर्वले सबैलाई एकताबद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषाभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए । प्रदेश प्रमुख सचिव हरिप्रसाद बाँस्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गरे ।

तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समुदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको बिदाइ र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस