१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

अ+ अ-

काठमाडौँ – नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो ।

यसअघि बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको उक्त च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो ऐतिहासिक स्वर्णपदक जितेको थियो । नेपालले उज्वेकिस्तानमाथि २६-२४, २४-२६, २५–१५, २२-२५ र १५-१० ले जित्न सफल भयो । नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो । उज्वेकिस्तान २६-२४ ले विजयी भयो ।

त्यसैगरी तेस्रो सेटमा नेपालले २५–१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दा खेल २-२ को स्थितिमा आयो । त्यसपछि खेलको पाँचौँ तथा निर्णायकमा नेपाले १५-१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

लिग चरणमा भने नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३-२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३-० को सोझो सेटमा हराएको थियो । यही पुस ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस