१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको विकास योजना बनाउन आयोगको सक्रियता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलका नेतृत्वमा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलगायतलाई सुदूरपश्चिम क्षेत्रमा खटाएका छन् ।

मङ्गलबार नै धनगढी पुगेको टोलीले सुदूरपश्चिमका सबै जिल्लामा स्थलगत अवलोकन गरी योजनाको बृहत्तर खाका बनाउने केन्द्रीय सदस्य महरले जानकारी दिए ।

सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेतालाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव सङ्कलनमा उपस्थित हुन निमन्त्रणा गरिएको उनले बताए ।

टोलीलाई सुदूरपश्चिममा आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठुला रोजगारी सिर्जना गर्न सक्ने गरी योजनाका खाका बनाउन जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिमको योजनाको खाका बनाउने कार्यमा सो प्रदेशका नौ वटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तर्क्रिया गरिने छ ।

यस क्रममा आज धनगढीमा सम्पन्न अन्तर्क्रियामा धनगढी उपमहानगरपालिका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य नृप वड, उपप्रमुख एवं पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, योजना आयोगका सदस्य डा. पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, काँग्रेसको सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र नं ५ का सभापति भीम पडाललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

वर्तमान सरकारले सबै प्रदेशमा यसै गरी विकासका लागि बृहत्तर योजना बनाउन टोली खटाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस