१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

अ+ अ-

पाल्पा । तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यक मात्रामा सेवा थालनी गरेको हो ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीका सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न थालिएको जानकारी दिए । नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताए ।

यसैबीच सो नगरपालिकाले तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयका लागि बस खरिद गर्न सहयोग गर्ने भएको छ । विद्यालयको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतमा बस खरिद गरिने जनाइएको छ ।

बस सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थी समयमा विद्यालयमा उपस्थित हुन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

यसैबीच आव २०७८/०७९ मा जिल्लाका ७० वर्षदेखि माथिका पाँच हजार ४०० ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुविधा प्रदान गरिने भएको छ ।

ज्येष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत सहित प्रेसर जाँच, युरिन जाँच, घाउ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गर्न थालिएको हो ।

लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार पाल्पाका ज्येष्ठ नागरिकका घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए ।

ज्येष्ठ नागरिकलाई आधारभूत सेवा प्रदान गर्न प्रदेश सरकारले रु २७ लाख बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको हो । आव २०७५/०७६ देखि ८४ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनपछि स्वास्थ्य क्षेत्रमा ती नागरिकको पहुँच विस्तार भएको थियो ।

चालू आर्थिक वर्षदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका आधारभूत स्वास्थ्य सुविधा पाउने सुविधाले उत्साह थपेको छ । घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित, असहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस