८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ ।

चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् ।

जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् ।

सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना मातहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो ।

जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।

फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताए ।

अत्यधिक जाडोका कारण उत्तरी नाम्खा गाउँपालिकामा रहेका अधिकांश विद्यालय यसअघि मङ्सिरमै परीक्षा सम्पन्न गरेर बन्द भइसकेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा नियमित पठनपाठन भएको थिएन । हुम्लामा गत जेठबाट मात्रै जिल्लाका विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएका थिए ।

जिल्लामा १५१ सामुदायिक विद्यालय रहेकामा १२६ बन्द भएको जानकारी प्राप्त भएको छ । यसमा २७ मावि र १२४ आधारभूत विद्यालय रहेका छन् । चङ्खेलीका २५ विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ ।

जिल्लाका अन्य छ वटा स्थानीय तहले आफ्ना मातहतका विद्यालय चिसोका कारण बन्द गरे पनि चङ्खेली गाउँपालिकाले भने नियमित पठनपाठन कार्यलाई जारी राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस