८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकिएकै समयमा भूमि समस्या समाधान गर्न मन्त्री श्रेष्ठको निर्देशन

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीसँग आज भएको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानूनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै जानकारी गराउन निर्देशन दिइन् ।

भूमि समस्या समाधान गर्न कुनै व्यवधान भए तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । उनले भनिन्,’यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन, भूमिसम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजनाअनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न गर्नुहोस् ।’

बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएकोे थियो । कार्यक्रममा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिनदेखि नै प्रभावकारी रूपमा काम गर्दै आएको र सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तत्पर रहेको बताए । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भअनुसार छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस