विद्युत् प्राधिकरणको मालसामान नेपाल एयरलाइन्सको जहाजबाट ल्याइने « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विद्युत् प्राधिकरणको मालसामान नेपाल एयरलाइन्सको जहाजबाट ल्याइने


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत ढुवानी गरिने भएको छ । उक्त प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुरुप प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । यस्तै प्राधिकरणका कर्मचारी तथा निजको परिवारका सदस्यलाई निगमको अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिइनेछ । कार्गो रेटमा कार्गोको प्रकृतिअनुसार मात्राका आधारमा ५ देखि १० प्रतिशत छुट दिइने सम्झौता भएको निगमले जनाएको छ ।

सो अवसरमा पर्यटनमन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरे । उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुई संस्थाबीच सहकार्यको सम्झौता प्रशंसनीय रहेको भन्दै निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लिखित कुराहरुलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस