८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै फेला परेनन् हिमपहिरोमा पुरिएका छन्त्याल

अ+ अ-

गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् ।

जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो ।

‘खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ’, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने ।

उनका नुसार एक्कासी भारी हिमपातपछि भेडीगोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेपछि अन्य साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल हुन सकेन ।

सोमबार बिहानदेखि ४० स्थानीयवासीले छन्त्याल बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

दैनिक स्थानीयवासीले समूह बनाएर बेपत्ता छन्त्यालको खोजीमा जुटेका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसिरहेको अवस्थामा उनीहरूको उद्धार गरिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

उनीहरू अहिले भेडीगोठमा नै रहेका छन् । भेडाको बथानसहित गोठमा रहेकाले अनुकूल मौसम भएपछि फर्किने गोठमा रहेका बुद्धि छन्त्यालको भनाइ उद्धृत गर्दै वडाध्यक्ष छन्त्यालले बताए ।

समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा जोड्ने पदमार्गसमेत हिउँले छोपेको छ । हाल मोबाइल र इन्टरनेटसेवा सञ्चालन भएकाले स्थानीयवासीलाई सम्पर्कमा सहज भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।

प्रतिक्रिया दिनुहोस