४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा (एकीकृत समाजवादी)

अ+ अ-

काभ्रेपलान्चोक । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले काभ्रेपलान्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो ।

आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्‍यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ । समाजवादीले युवासङ्घ, किसान र महिला सङ्गठनलाई वडा स्तरमा लगिरहेको हो ।

काभ्रेपलान्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताए । उनले छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडा रहेको काभ्रेपलान्चोकको हालसम्म ८७ वडामा कमिटी गठन गरिएको जानकारी दिए ।

गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ । उनले हालसम्म महिलाको पालिकास्तरमा सात तथा ६१ वडामा सङ्गठन विस्तार भइसकेको बताए ।

उनका अनुसार युवाको नौ स्थानीय तहमा र ७२ वडामा, किसानको २५ वडामा तथा विद्यार्थीको १७ विद्यालय/क्याम्पसमा कमिटी गठन भएको छ । साथै १७ जनवर्गीय सङ्गठनको पालिकास्तरमा कमिटी गठन भइसकेको जनाइएको छ । पार्टीले विशेष गरी वडा स्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ ।

केही वडा कमिटी गठन गर्न पार्टीका सङ्घीय तथा प्रदेशमन्त्रीसमेतलाई उपस्थित गराइएको छ । गत महिना स्थानीय तहमा पार्टीको कमिटी निर्माणपछि काभ्रेपलान्चोकमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पारिएको जनाइएको छ । ‘वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्र रूपमा भइरहेको छ, आउँदो पुस मसान्तसम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ’, जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले भने । मण्डनदेउपुर नगरमा भने सबै वडामा कमिटी निर्माण भइसकेको छ । वाइवा उक्त नगरको प्रमुखसमेत रहेका छन् । उनले क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै गएको बताए ।

नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिम साता काभ्रेपलान्चोकमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए। तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिस्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताए ।

एकीकृत समाजवादीमा काभ्रेपलान्चोकबाट नेतृत्व गरेका एमालेबाट निर्वाचित पूर्व सांसद त्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहेका छन् । देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुन् भने कृष्णप्रसाद सापकोटा पोलिटब्यूरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहेका छन् । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुन् ।

प्रतिक्रिया दिनुहोस