९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जामन्त्री भुसालसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरु योजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने भएकाले त्यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताए ।

महासचिव लेक्फेलले भारतको ब्याङ्लोरमा स्थापना गर्ने भनिएको ‘इनर्जी सेन्टर’ स्थापना गरेर बिमस्टेककै ऊर्जासम्बन्धी माथिल्लो निकाय स्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

जवाफमा मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रवर्द्धनका विषय अन्तरसम्बन्धित रहेको बताउँदै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पारे ।

जलविद्युत् क्षेत्र नेपालका लागि महत्त्वपूर्ण भएको बताउँदै उनले ऊर्जामन्त्रीस्तरीय बैठक उपयुक्त समयमा तोक्ने विश्वास दिलाए ।

उनले भने, ‘सबै सदस्य मुलुकका लागि उपयुक्त हुने गरी नेपालले मिति तोक्छ, त्यसका लागि हामी फोकल पर्सन तोकेर काम अगाडि बढाउँछौँ ।’ सन् २०१० मा भएको मन्त्रीस्तरीय बैठकले नेपालले ऊर्जामन्त्रीस्तरीय बैठकको आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

बिमस्टेकको पाँचौँ शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव भएको सन्दर्भमा बिमस्टेकका महासचिव लेक्फेल नेपाल भ्रमणमा आएका हुन्।

प्रतिक्रिया दिनुहोस