८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

अ+ अ-

महोत्तरी । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् ।

सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ ।

आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले बताए ।

मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताए ।

बाक्लो हुस्सु लागेपछि जाडो निकै बढेको छ । बर्दिवास, भङ्थगाहा, औरही र गौशाला नगर क्षेत्रका अधिकांश ठाउँमा भने मङ्गलबार घाम लागेको थियो । मध्य र दक्षिणवर्ती भेगमा भने बाक्लो हुस्सु लागेको छ ।

सम्सी, एकडारा, महोत्तरी र पिपरा गाउँपालिका तथा मनराशिशवा, जलेश्वर, रामगोपालपुर, बलवा, लोहारपट्टी र जलेश्वर नगरपालिकाका विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस