१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ: महामन्त्री शर्मा

अ+ अ-

कनकाई । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बतएका छन् ।

देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे ।

झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व. तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखे ।

सबैको भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिँदै उनले पिछडिएका समुदायलाई माथि उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

कनकाई नगरपालिका–१ स्थित नगरपालिकाको कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध सांस्कृतिक प्रस्तुतिसहितको स्मृतिसभामा स्व हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो ।

सो अवसरमा सन्थाल युवाबीच छेलो, दौड, लङजम्प र धनुषकाँड प्रतियोगिता गराइएको थियो ।

स्व. हेमरमले काँग्रेसका संस्थापक नेता बिपी कोइराला र काँग्रेस नेता समाजवादी चिन्तक सिके प्रसाईँको अत्यन्तै निकट रहेर राजनीति गरेका थिए । विसं १९८० मा जन्मिएका हेमरमको २०५४ पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा उनको परिवारको स्थायी बसोबास छ ।

प्रतिक्रिया दिनुहोस