२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

अ+ अ-

बैतडी । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् ।

यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ ।

यसैगरी दलित सङ्गठित सदस्यबाट एक सय बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ । सोहीअनुसार ५०९ प्रतिनिधि छनोट गरिएका एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज लीलाधर भट्टले जानकारी दिए ।

यसैबीच प्रतिनिधि छनोटसँगै अधिवेशनको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ ।

अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका रुपमा हाल नेतृत्व सम्हालिरहेका सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले नेतृत्वमा दाबी गरिरहेका छन् । यता जिल्ला सह इन्चार्ज भट्टले भने नेतृत्वका लागि जति जनाले दाबी गरिरहेका भए पनि सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन हुने बताए ।

उनले भने,’अधिकतम प्रयास सर्वसम्मतको हुन्छ, सहमति हुन नसकेका भने, लोकतान्त्रिक विधिमार्फत निर्वाचनमा जान्छौँ समूहगत रुपमा उम्मेदवारी हुँदैन । स्वतन्त्र रुपमा मापदण्ड पुगेकोले दिन पाउँछ ।’ बैतडीमा हाल एमालेका नौ हजार ३२९ सङ्गठित सदस्य रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस