७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यालय रहेको ‘आइडिया ग्रुप’ गैर आवासीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताए ।

‘भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठुलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैर आवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैर आवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ’, पूर्व राष्ट्रपति यादवले भने।

प्रधानन्यायाधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उनले सबै पक्षलाई आग्रह गरे । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उँचो हुने सोच अनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गरे । ‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत छिट्टै नै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको जानकारी पनि उनले कार्यक्रममा दिए ।

पार्किङ समस्या समाधानमा आधुनिक प्रणाली

सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ प्रणाली भित्र्याइने भएको छ ।

विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’ को नेपाल शाखा ‘आइडिया फर नेपाल’ ले यस्तो प्रणाली भित्र्याउन लागेको हो ।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुनिक कार पार्किङ प्रणाली भित्र्याएपछि दुई कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताए ।

उनले विभिन्न देशमा काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम गर्न लागेको जानकारी दिए । आइडियाको विभिन्न परियोजनामार्फत आगामी १० वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताए ।

कम्पनीले हाल विश्वका विभिन्न देशमा ४०० भन्दा बढी परियोजनामा संलग्नता जनाएको छ । त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ ।

कम्पनीले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, घरजग्गा व्यवसाय (रियल स्टेट), कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ ।

कम्पनीले कीर्तिपुर, बुटवल, नेपालगन्ज, पोखरालगायतका क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दै छ । त्यस्तै सिन्धुपाल्चोकमा फलफूल तथा जुम्लामा स्याऊ फर्म सञ्चालनको लागि प्रक्रिया आरम्भ गरेको छ ।

कार्यक्रममा संस्थाका निर्देशक रोजिना प्रधान राईले नेपालीलाई विश्वभर कामदारका रुपमामात्र हेरिने वर्तमान परिस्थितिलाई परिवर्तन गर्दै नेपाली पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस