९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना बिचौलिया पक्राउ

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई सेवामा सहजीकरण गरिदिने भन्दै लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको आरोपमा आज (बुधबार)उनीहरुलाई पक्राउ गरेको हो

लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ११ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ उदयपुर घर भएका २४ वर्षीय अजय मगर, राजघाट गाउँपालिका-७ घर भएका २४ वर्षीय हेमबहादुर मगर, तापाश्री गाउँपालिका-९ घर भएका २७ वर्षीय सुरज मगर, जानकी गाउँपालिका-३ सर्लाही घर भएका १९ वर्षीय साजन मगर, चन्द्रनिगाहपुर नगरपालिका-१ रौतहट घर भएका ३३ वर्षीय विश्वबल्लभ लामा, भरतपोखदरी गाउँपालिका-९ कास्की घर भएका २४ वर्षीय सृजन थापा रहेका छन् ।

यस्तै चन्द्रनिगाहपुर बस्‍ने २४ वर्षीय सुवास योञ्जन लामा, लमजुङ घर भएका ३२ वर्षीय मेघराज गुरूङ, बाँके घर भएका १९ वर्षीय सुशान गिरी, काठमाडौँको नागार्जुन घर भएका २८ वर्षीय लक्ष्मण सुनुवार र रामेछाप घर भएका ३२ वर्षीय विज्ञान सुनुवार रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस