७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा सिलिण्डर पड्किएर एक महिलाको मृत्यु, १२ जना घाइते

अ+ अ-

बनियानी । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

गम्भीर घाइते भएकी शारदाको उपचारका लागि धुलाबारी पुर्याउना साथ मृत्यु भएको थियो ।

सिलिण्डर पड्किँदा आगो निभाउन गएका सोही स्थानका ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशङ्कर न्यौपाने, ३६ वर्षीया निर्मल शर्मा, मेचीनगर–८ का ३४ वर्षीय हरि र आठ वर्षीया सुशीला अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

केशवको टिनको छानो, चित्राको बेरा भएको एक तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएको र घरमा कोही नभएको अवस्थामा राति ९ः२० बजे आगो लागेको जनाइएको छ ।

आगलागी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति १०ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस