७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी

अ+ अ-

काठमाडौँ । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए ।

प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ । पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उनले सुनाए । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

पुस्तक प्रदर्शनी उद्घाटन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताए । पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उनले जानकारी दिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा तीन वटै प्रतिष्ठान र सांस्कृतिक संस्थानले सोमबार एकीकरण अभियानमा विभिन्न समुदायको सहभागिताका विषयमा प्रवचन कार्यक्रम आयोजना गरेका छन् ।

यस अवसरमा आजैदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला प्रदर्शनी सुरु गरिएको छ । पुस २७ गते सांस्कृतिक र्यालीसहित सिंहदरबारको पश्चिम मूल ढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको कुलपति उप्रेतीले जानकारी गराए । त्यसै दिन दिउँसो संस्थानको हलमा नेपालको विविध सांस्कृतिक झाँकीसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस