१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नतिजा देखिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

अ+ अ-

पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आज वार्षिक प्रतिवेदन पेश गरेको छ । विश्वविद्यालय परिषद् अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्मअनुसार विश्वविद्यालय स्थापना भएको हो । त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे ।

दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र अन्य प्रदेशमा उपलब्ध गराउन विश्वविद्यालयले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । शैक्षिक प्रमाणपत्र हातमा परे पनि कुनै सीप नभएका कारण बेरोजगारी बढिरहेको जनाउँदै यही अवस्था अन्त्यका लागि गण्डकीले विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

उनले विश्वविद्यालयका गतिविधि र शैक्षिक कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । कुलपति प्राध्यापक डा. गणेशमान गुरुङले विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको जनाउँदै विद्यार्थीको राम्रो आकर्षण रहेको बताए ।

‘स्पोर्ट्स म्यानेज्मेन्ट’ सँगै विश्वविद्यालयले ‘व्याचर इन फार्मेसी’ र ‘व्याचलर इन आइटी’ को कक्षा पनि सुरु गरेको छ । पोखरा ३२ मा सञ्चालित फार्मेसीमा १५ विद्यार्थी छन् भने महेन्द्रपुलबाट सुरु गरिएको आइटिमा २९ जना विद्यार्थीले पढिरहेका छन् ।

पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । अविष्कार केन्द्रको काम पनि अन्तिम चरणमा पुर्याएको कुलपति प्रा. डा. गणेशमान गुरुङले जानकारी दिए । निकट भविष्यमै एमविविएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको विश्वविद्यालयमा जग्गा प्राप्तिको समस्या रहेको उनले बताए ।

परिषद् अध्यक्ष डा. देवकोटाले यो वर्ष विश्वविद्यालयको प्रशासनिक, अनुसन्धान केन्द्र, पुस्तकालयलगायत कक्षा कोठाको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेकाले यथेष्ट बजेट आवश्यक पर्ने भनाइ राखे ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा, उपकुलपति प्रा. डा. नवराज देवकोटा, प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनासहित उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस