१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा पुन: बढ्न थाल्यो कोरोना सङ्क्रमणदर

अ+ अ-

भजनी । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ ।

केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ ।

उनका श्रीमान्÷श्रीमती बिहानै काममा निस्कन्छन् । बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर उनीहरु आफ्नो खाना बोकेर काममा जाने गरेका छन् । ‘अलिअलि काम पाउन थालिएको थियो । अझ कोरोनाको सङ्क्रमण बढेको भन्ने सुनेको छु ।’ उनले भने, ‘अझ बन्दाबन्दी हुन्छ भने हामी त मर्छौं होला । दिनभर काम नगरे साँझ चुलो बल्दैन । कामकाज बन्द भएपछि कमाउने बाटोसमेत बन्द हुन्छन् ।’

सोही ठाउँका रामबहादुर चौधरीलाई पनि त्यहीँ पीडाले सताउन थालेको छ । उनी अहिले घर निर्माणका काममा व्यस्त रहेका उनले कोरोनाको भन्दा बढी चिन्ता परिवारको लालनपालनमा छ । उनको पनि दिनभर काम गरेपछि मात्रै साँझ घरमा चुलो बल्छ । यसभन्दा पहिलेको बन्दाबन्दीको समयमा खाएको उधारो अझै तिर्न नसकेका उनलाई फेरि बन्द भएपछि व्यापारीसँग उधारो सामानका लागि जानसक्ने आधार पनि छैन ।

‘कोरोना आए पनि हामीलाई चिन्ता छैन । काम हुनुपर्यो । परिवारलाई साँझ बिहान खाने खर्च जुट्यो भने पुग्यो ।’ उनले भने, ‘धेरै पैसा कमाएर घर जग्गा जोड्ने सपना छैन । विगतका जस्तो बन्दाबन्दी भयो भने परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता मात्रै छ ।’

कैलाली भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको बढी जोखिममा रहेको छ । यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको भजनी नगरपालिका–८ का विकास चौधरी बताउछन् ।

‘दैनिक भारतबाट नेपाल आउने भारतीय नागरिकलाई शासनले अझै पनि रोक्न सकेको छैन । भारतमा कोरोनाको सङ्क्रमण वृद्धि हुँदा मुख्य सीमानाकामा मात्रै कडाइ गरेर जोखिम कम हुनसक्ने अवस्था छैन ।’ उनले भने, ‘सीमानाकामा कडाइ गरी भारतबाट आएका नेपाली नागरिकलाई पनि अनिवार्य क्वारेन्टिनमा राख्न सके सङ्क्रमण कम गर्न सकिन्छ तर, यहीँ अवस्थामा सङ्क्रमण बढ्दै गएपछि हामीजस्ता न्यून आय भएका नागरिकलाई दैनिकी चलाउन निकै मुस्किल हुने निश्चित छ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतबाट आउने नेपाली नागरिकको सङ्ख्यामा वृद्धि भएको जनाउँदै उनीहरुको सीमानाकामा कोरोना परीक्षण गर्ने र आउने÷जानेको तथ्याङ्क राख्ने काम सुरु गरेको जानकारी दिए ।

उनले अहिलेको समयमा मेला महोत्सव पनि हुने गरेको र माघीको समयमा हुने मेलाले सङ्क्रमण झन बढ्न सक्ने जनाउँदै त्यस्ता गतिविधि नगर्नसमेत आग्रह गरेका छन् ।

‘हामीले पूर्वतयारीका काम सुरु गरिसकेका छौँ । हामीले मात्रै गरेर कोरोना सङ्क्रमणलाई कम गर्न सकिँदैन । त्यसका लागि नागरिक पनि सचेत बन्नुपर्छ । सबै समयमै सचेत हुनसक्यो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था आउँदैन ।’ प्रजिअ थापाले भने, ‘अनि भारतीय नागरिकलाई आउनै नदिने भन्नेसम्मको निर्णयमा हामी पुगिसकेको छैनौँ । त्यो अवस्था आएपछि त्यसतर्फ पनि सोच्नुपर्ने हुन्छ । सीमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्थामा कडाइका लागि निर्देशन दिएका छौँ ।’

उनले धनगढीको त्रिनगर भन्सार र टीकापुरको सत्ती भन्सारबाट आउने नेपाली नागरिकको कोरोना परीक्षणपश्चात् मात्रै नेपाल प्रवेश गर्न दिइएको जनाउँदै सम्भावित लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको बताएका छन् । उनले मेला, महोत्सव, भेलाजस्ता धेरै मानिस जमघट हुने खालका कार्यक्रम बन्द गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस