९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

अ+ अ-

बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ ।

भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ ।

झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएका छन् । ती बिओपीमा खटिएको सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिए ।

तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ । ‘उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ’, उउनले भने, ‘रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ । भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाहेअनुसारको सुरक्षा दिन केही कठिनाई हुने गरेको छ । भनेको बेला फोन नै लाग्दैन ।’

उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ । यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, ‘टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं ।’

बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएको र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ । सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो ।

गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ ।

सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बिओपी स्थापना गरिन लागिएका हुन् ।

यस्तै सीमा क्षेत्रमा हुनसक्ने अवाञ्चिछत गतिविधि, सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार तथा मानव बेचबिखन जस्ता अपराध र राजस्व चुहावट रोक्न पनि बिओपी स्थापना गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस