९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाद्वारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार

अ+ अ-

सोल । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् ।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापनिज कोस्ट गार्ड (जेसीएस) ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन ।

उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेका बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका बताइएको छ ।

उत्तर कोरियाले छ दिन मात्र अघि पनि यहाँ यस्तै प्रकारको क्षेप्यास्त्र हानेको थियो । यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ ।

प्रतिक्रिया दिनुहोस