८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनको तयारीमा लाग्नुस्: नेता श्रेष्ठ

अ+ अ-

वालिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

‘पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ’, नेता श्रेष्ठले भने, ‘अब पार्टीमा विजयी हुनेले उपविजेताको मतलाई पनि सम्मान गरेर सँगसँगै जानुपर्छ ।’

पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयलाई बिर्सेर आआफ्नो कमजोरी सुधार गर्दै विपक्षीसँग लड्नका लागि तयारी गर्नुपर्ने बेला भएकाले त्यतापट्टि ध्यान दिन उनले नेता कार्यकर्तालाई सुझाव दिए ।

पार्टीको १४औँ महाधिवेशनबाट युवाको आकर्षण बढ्दै गएको उनले बताए । पार्टीलाई कुनै कम्पनी जस्तो होइन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिए ।

कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस क्षेत्र नं २ का सभापति दिलीपप्रताप खाँणले नेपाली काँग्रेसको सङ्गठनलाई टोलटोलमा विस्तार गर्ने बताए । उनले पार्टीमा विजेता उपविजेता सबै एकबद्ध भएर आगामी निर्वाचनमा काँग्रेसलाई विजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाए ।

काँग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, स्याङ्जा २ ‘ख’ का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, काँग्रेस वालिङ नगर उपसभापति सीता थापालगायतले टोलदेखि केन्द्रसम्मका नेता कार्यकर्ता पार्टीको सङ्गठन विस्तारमा थप सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस