१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमण बढेसँगै कडाइ

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न सुरु गरेको छ ।

पछिल्ला केही दिनयता कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिक स्थलमा कडाइ गर्न थालेको हो । कामपा आफैँमा धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको जनसङ्ख्या बढी छ ।

उक्त स्थानमा सङ्क्रमणदर पनि बढ्ने भएकाले घर बाहिर निस्कँदा मास्क लगाउने, सावधानी अपनाउनका लागि ३२ वटै वडाका विभिन्न स्थानमा माइकिङ गर्नेजस्ता काम सुरु गर्न थालेको छ ।

मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भिडभाड नगर्न पनि आह्वान गरिएको छ । कामपाको आग्रहलाई बेवास्ता गरी सङ्क्रमण बढाउन सहयोग गरे थप कारबाही गर्ने कामपा सहरी स्वास्थ्य विभागका हेल्थ असिस्टेन्ट ऋषि भुसालले जानकारी दिए ।

‘एकातिर सङ्क्रमण कम गर्न जनचेतनामूलक कार्यक्रम गरिएको छ भने अर्कातिर खोप लगाउने कार्यक्रम ३२ वटै वडाबाट भइरहेको छ’, उनले भने, ‘कोरोना नियन्त्रणका लागि राजनीतिक दलले पनि भौतिकरूपमा हुने गतिविधि कम गर्नुपर्छ भने नागरिकले आफ्नो जनजीवनमा पनि केही परिमार्जन गर्नुपर्छ, अन्यथा नियन्त्रण गर्न कठिन छ ।’

अहिले कामपामा दैनिक १०० जना बढीले कोरोनाको परीक्षण गर्ने गरेका छन् । केही दिनयता परीक्षण गर्नेको सङ्ख्या बढेको हो । एक हप्ता पछि दैनिक २० देखि २५ जना परीक्षणका लागि आउने गरेका थिए ।

आगामी दिनमा सङ्क्रमणदर बढे कामपाले कोरोनाको पहिलो र दोस्रो चरणमा प्रयोग गरिएको आइसोलेसन सेन्टर प्रयोगमा ल्याएर बिरामीलाई सहजीकरण गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस