१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी

अ+ अ-

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो ।

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलमध्ये हार्मीले दुईमा जीत हासिल गरेको हो ।

आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक–एक अङ्क बाँडेको थियो ।

सुदूरपश्चिमले भने पुलिसविरुद्धको पहिलो खेलमा दुई रनले पराजय भोगेको थियो भने कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो ।

आजको खेलमा ११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा ७ विकेट विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए । विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए । यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे ।

वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एक्लैले ६ विकेट लिए । चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे ।

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस