काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
पार्टी अध्यक्ष नेपालले जारी गरेको सन्देशमा विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्त्वपूर्ण रहेको मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीबिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भनिएको छ ।
बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गरिएको सन्देशमा मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा तीनको संरक्षण तथा सम्बद्ध गर्नु हामी सबैको दायित्व हो भनिएको छ ।
अहिले महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्कटको समयमा स्वास्थ्य सुरक्षा उपाय अपनाएर चाडपर्व मनाउन आग्रहसमेत सन्देशमा गरिएको छ ।