६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिममा भाँडिएपछि राष्ट्र बैंकले कारबाही गर्ने

अ+ अ-

काठमाडौँ । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ ।

मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै रद्द हुन पुगेको हो ।

गत शुक्रबार बसेको हिमालयन बैंकको विशेष साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत गरेको थियो । मर्जर प्रस्ताव पारित गर्नका लागि गत पुस ३० गते बैंकले बोलाएको विशेष साधारणसभामा अध्यक्ष प्रचण्डमान श्रेष्ठसँगै प्रमुख सेयर होल्डर कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा लिखित रुपमै मत जाहेर गरेपछि मर्जरको वातावरण धुमिल भएको हो ।

योसँगै दुई बैंक बीचको एक बराबर एक शेयर आदानप्रदानका आधारमा हुने भनिएको मर्जरको प्रयास अन्तिम घडिमा आएर भाँडिन पुगेको छ ।

यसैको प्रभाव यता मर्जरकै लागि भनेर इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा समेत स्थगित हुन पुगेको हो ।

अन्तिम समयमा आएर मर्जर प्रक्रिया भाँडेसँगै राष्ट्र बैंकले यी दुबै बैंकलाई कारबाही गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस