६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीद्वारा ‘तपाईँको मास्क खोई’ अभियान पुनः सञ्चालन

अ+ अ-

कास्की । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मास्क अभियानसँगै सहरी तथा राजमार्गमा स्वास्थ्य मापदण्ड र जाँचलाई कडाइ गरिएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अमृत बस्नेतले ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पूरा नगरी सवारी चलाउने चालक तथा सवारीसाधनसमेतलाई नियन्त्रणमा लिएको बताए। उनले भने, ‘कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौँ । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रा गर्नेहरूलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना कडाइका साथ लागू गरिएको छ ।’

प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक सवारीमा सवार गर्दा तथा सार्वजनिक सेवा लिन आउँदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड नलिने सेवाग्राहीसमेतलाई कारबाही सुरु गरिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको निर्देशनबमोजिम मास्क, स्यानिटाइजरको प्रयोग, भौतिक दूरी कायमलगायत विषयमा जाँच गरेको कास्की ट्राफिक प्रहरीले पछिल्ला दुई दिनमा एक हजार ७५५ थान मास्क निःशुल्क वितरण गरेको जनाएको छ ।

यसैगरी दुई हजार २० प्रति स्वास्थ्यसम्बन्धी जनचेतनामूलक पर्चासमेत वितरण गरिएको जनाइएको छ । प्रहरीले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरी यात्रु ओसारपसार गर्ने २२५ सार्वजनिक सवारीसाधन र १४९ यात्रुलाई कारबाही गरिएको जनाएको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न २९ स्थानमा जाँच चौकी स्थापना गरी २४ घण्टा नै सवारी जाँच सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस