८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाद्वारा कृषकलाई दूधमा अनुदान

अ+ अ-

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ ।

उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि रु १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाभित्र रहेका छ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ । उनले भने, ‘कृषकले उत्पादन गरेर सहकारीमा बिक्री गरेका आधारमा दूधमा अनुदान पाउनेछन् । जसले धेरै उत्पादन गर्न सक्छ, उसैले बढी अनुदान पाउनेछ ।’

अनुदान वितरण गर्नका लागि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको र छनोट गरिएकाले वितरण तत्कालै सुरु गरिने पौडेलले बताए । सहकारी संस्थाबाहेक आफैँ बजार खोजेर दूध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने सो अनुदान पाउने छैनन् ।

सहकारीमा बिक्रीका आधारमा मात्र अनुदान दिने नीति गाउँपालिकाको छ । शाखा प्रमुख पौडेलले भने, ‘सहकारीमा बिक्री गरेको रेकर्डका आधारमा चौमासिकरूपमा अनुदान कृषकलाई उपलब्ध गराउने छौँ ।’

उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेशाप्रति हौसला बढ्ने र थप उत्पादनमा केन्द्रित हुने हुँदा व्यावसायिक उत्पादनको विकास हुने विश्वास गाउँपालिकाको छ । माछापुच्छ्रे गाउँपालिका जिल्लामै दूध उत्पादनमा अग्रणी स्थानमा छ ।

नौ वडा रहेकामा यहाँका अधिकांश वडामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको बताइन्छ ।

मुख्यगरी वडा नं ३ घाचोक, वडा नं ४ लाहाचोक र वडा नं ६ को धितालमा दूध उत्पादन बढी हुने गरेको छ । गाउँपालिकामा सहकारीमार्फत दैनिक छ हजार लिटर दूध बिक्री हुने शाखाको तथ्याङ्क छ ।

यसैगरी निजी फार्मको पाँच हजार गरी दैनिक ११ हजार लिटर दूध बिक्री हुने गरेको बताइन्छ। हालसम्म गाउँपालिकामा २८० कृषि र पशु फार्म दर्ता छन् ।

गाउँपालिकाले चालु आव पशु सेवातर्फ यान्त्रिकीकरण कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा घाँस काट्ने मेसिन कृषकलाई उपलब्ध गराउने भएको छ । यसका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी पशु रोग नियन्त्रण र स्वास्थ्य शिविर तथा औषधि खरिद गरी कृषकलाई निःशुल्क वितरण गर्न १० लाख बजेटबाट औषधि खरिद प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

यसै वर्षमा गाईको बाँझोपन निवारणका लागि शिविर सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस