११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी विद्यालय सुधारिएको छ’

अ+ अ-

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताएका छन् ।

उनले कतिपय विद्यालयका पूर्वाधार जीर्ण भई शिक्षाको क्षेत्रमा नराम्रो प्रभाव परेको थियो, त्यस्ता विद्यालयलाई आफू नगरप्रमुख भइसकेपछि सुधार गरी अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएकामा खुशी व्यक्त गरे ।

सञ्चारकर्मीसँगको भेटघाटमा उनले नगर क्षेत्रमा अहिलेसम्म १५० किमी बाटोमा कालोपत्र भइसकेको छ भने प्रायः सबै वडा कार्यालयको भवन निर्माण गरी नगरपालिकाले वितरण गर्ने सेवामा लाभग्राहीलाई सहज भएको बताए ।

विराटनगर क्षेत्रमा रहेका वीरेन्द्र सभागृहलाई अत्याधुनिक बनाउन सुरु गरिएको काममा ७० प्रतिशत प्रगति भएको बताउँदै नगरप्रमुख पराजुलीले विराटनगरको महेन्द्र चोकबाट पूर्वको बाटो र विमानस्थलमार्गलाई पनि इभिनिङ स्ट्रिट बनाई त्यसक्षेत्रका होटल, पसल एवं रेस्टुरेन्ट रातभरि सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए ।

धेरै जना प्रधानमन्त्री भएको इतिहास बोकेको विराटनगरमा निकट भविष्यमै प्रधानमन्त्री उद्यान बनाउने, बजरङ्गी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने, पुरानो गुद्री बजारमा अत्याधुनिक व्यापारिक भवन बनाउने योजना अघि बढिसकेको जानकारी दिँदै उनले विराटनगर क्षेत्रमा फोहरको समस्या हुन नदिन र आम नागरिकलाई सुशासनको अनुभूति दिलाउने किसिमका काममा जोड दिएको बताए ।

‘धार्मिक महत्व बोकेको विराट राजाको दरवारलाई व्यवस्थित एवं धार्मिक पर्यटकीयस्थल निर्माण गर्न प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगबाट निर्माण गर्ने योजना अघि बढेको छ’ भन्दै प्रमुख पराजुलीले राजवंशी चोकलाई सौन्दर्यकरण गरिने र घोगाको बाटोलाई सेफजोन बनाइ विकासका योजना अघि सारेको जानकारी दिए ।

उनले २० लाखको योजना वडास्तरबाटै निर्माण सुरु गराउने अधिकार दिइसकेको भन्दै निकट भविष्यमै जापानी जाइका नामक संस्थाले विराटनगरमा बृहत् खानेपानीको योजना सुरु गर्ने बताए ।

उनले जनप्रनिधि भएपछि हरेक पल र समय जनताकै निम्ति खर्च गरिरहेको भन्दै विराटनगरमा एक व्यवस्थित बधशाला पनि निर्माण हुने र यसबाट उपभोक्तालाई स्वस्थ्यकर मासु खान सहज हुने बताए ।

प्रमुख पराजुलीले विराटनगरको विकासका निम्ति भएका कमी–कमजोरीलाई सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै आफ्नो कम समय भए पनि अत्यधिक समय नगरको विकासमै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस