काठमाडौँ । कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ ।
‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।