१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो बढेसँगै मधेस प्रदेश सरकारद्वारा कम्बल वितरण

अ+ अ-

काठमाडौँ । अत्यधिक चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ ।

शीत लहरबाट प्रभावितको गरिब, विपन्नहरूको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मधेस प्रदेश सरकारले आज मात्रै महोत्तरीको गौशाला नगरपालिका– ६ स्थित मुसहर बस्तीमा नगर क्षेत्रका ८०० परिवारलाई कम्बल वितरण गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिका– ७ जानकी नगरका ५०० गरिब, विपन्न परिवारलाई न्यानो लुगा कम्बल वितरण गरेको थियो ।

‘चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरेका छौँ’, मन्त्री साहले भने,‘चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्न सुरु गरेका छौँ, जिल्ला जिल्ला स्थानीय तहसँग समन्वय गरेर कम्बल वितरणको कार्य भइरहेको ।’

अहिले दुई हजार १०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको र आवश्यकता अनुसार अरू पनि खरिद गर्ने मन्त्री साहको भनाइ छ ।

यस वर्ष चिसोको कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको काम समेत भइरहेको उनले बताएका छन्।

‘शीत लहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौँ’, मन्त्री साहले भने,‘ ‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।’

विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि चिसो प्रभावित विपन्न परिवारलाई न्यानो लुगा वितरण थालेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको सबैलाई नगरपालिका र मिथिला नगरपालिकाका २८० विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

‘चिसोबाट सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि गरिब, विपन्न अत्यधिक समस्यामा छन् ’, प्रजिअ पौडेलले भने,‘त्यसैले हामीले बढी प्रभावित दुवै ठाउँका विपन्नलाई कम्बल वितरण गरेका छौँ ।’ अन्य ठाउँका विपन्नलाई पनि कम्बल वितरणका लागि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय भइरहेको प्रजिअ पोडेलेले भने, ।

यसअघि गत सातामा मात्र जिल्ला प्रशासन कार्यालयले धनुषाको धनौजीस्थित राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका २०० बालबालिकालाई स्वीट्र बाँडेको थियो । जिल्लाका थप सामुदायिक विद्यालयका बालबालिकालाई समेत स्वीट्र बाँड्ने योजना रहेको प्रजिअ पौडेलको भनाइ छ । यसका साथै चिसोबाट प्रभावित विपन्न, गरिब परिवारलाई वितरण गर्न युनिसेफ लगायतका दातृ निकायसँग कम्बल माग गरिएको छ ।

चिसो बढेसँगै सुरक्षाकर्मीले विभिन्न चोक चोकमा आगो बाल्न दाउरा वितरण थालेका छन् । बर्सेनि चिसोबाट प्रदेश २ मा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्कले देखाएको छ ।

‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्’, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने,’अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।’

यसैबिच विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीलहरूका कारण प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण दूधे बालकदेखि वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँलगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

विगत ३ दिनदेखि घाम नउदाउनुको साथै चिसो हावा चलेका कारण सर्वसाधारण आगो बालेर दिन बिताउन बाध्य भएका छन् ।

चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमासमेत सेवाग्राहीको चाप घटेको छ।

प्रतिक्रिया दिनुहोस