७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षा सार्न उपसचिव परीक्षार्थिहरुको दबाब, भन्छन् -लेख्नै नसकेपछि हलमा पुगेर के गर्नु !

अ+ अ-

काठमाडौँ । उपसचिवका परिक्षार्थिहरुले लोक सेवा आयोगका परीक्षा सार्न भनेका छन् । देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र सरकारलेसमेत भिडभाडमा रोक लगाएको अवस्थामा यही माघ ११ गतेदेखि हुन लागेको उपसचिवको परीक्षा केही दिन सार्नुपर्ने परीक्षार्थिहरुको भनाई छ ।

धेरैजसो परीक्षार्थी सङ्क्रमित भएको अवस्थामा आयोगले छुट्टै कोठामा राखेर परीक्षा लिए पनि लेख्न सक्ने अवस्था भने नरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी एक शाखा अधिकृत बताउँछिन् । ‘म नै बिरामी छु, त्यतिबेलासम्म जसोतसो परीक्षा केन्द्र त पुगौँला तर त्यहाँ पुगेर लेख्न सकिनँ भने परीक्षा दिनुको के अर्थ भयो र ?’ उनले भनिन् ‘हाम्रै ग्रुपका मात्रै दर्जन बढी साथीहरू बिरामी छन्, कति त हस्पिटलाइज्ड नै भएका छन् अव तिनले कसरी परीक्षा दिन सक्छन् ?’

उनी मात्रै होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्का अधिकृतले अस्पतालबाटै फोन गर्दै उपसचिव परीक्षा दिने धेरै जना सङ्क्रमित भएको र ती मध्ये आधा अस्पताल भर्ना भएको तथा आधा होम आइसोलेसनमा रहेको जानकारी गराए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको तेस्रो लहरले नेपाललाईसमेत आक्रान्त बनाइरहेको अवस्थामा परीक्षाका नाममा नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने ती अधिकृतको भनाई छ ।

त्यसै गरी सुदूर पश्चिम प्रदेशस्थित धनगढीबाट फोन गर्दै एक परीक्षार्थीले सन्चो नभएपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि अझै रुघाखोकी लागेको र परीक्षा दिने बेलासम्म के हुने हो भन्ने डर मनमा रहेको बताए । स्वास्थ्य मन्त्रालयले नै सङ्क्रमण बढ्ने पूर्वानुमान गरिसकेकोले सकेसम्म परीक्षा केही दिन सार्न सके जोखिम कम हुने उनको भनाई छ ।

साथै उपत्यका बाहिरबाट आउने परीक्षार्थिहरुलाई बसाईमासमेत कठिनाइ हुने र नयाँ जनशक्ति पनि आउने नभएकोले परीक्षा सार्दा खासै असर नपर्ने पनि ती परीक्षार्थीले बताए ।

कर्मचारीहरूमा नै दिनहुँ सङ्क्रमण बढ्दै गएकोले परीक्षा सञ्चालन गर्ने दिनसम्मको अवस्था के हुने भन्नेमा आयोग आफै अन्यौलता छ । थप परीक्षार्थिहरुलेसमेत सार्नुपर्ने आवाज उठाउन थालेपछि भोलि बिहीबार आयोगको बैठक बस्दै छ ।

सम्बन्धित समाचार : अहिलेकै अवस्थामा के हुन्छ लोक सेवा आयोगको परीक्षा ?

परीक्षार्थीहरूको मिश्रित प्रतिक्रिया आएको र खासगरी उपसचिवहरूको हकमा केही दिन सार्नुपर्ने भनाई आइरहेको आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईँले प्रशासनलाई बताए । ‘यसबारे थप छलफल भोलि हुनेछ’, सचिव गुरागाईँले भने, ‘सम्भवतः भोलि नभए पर्सिसम्म आयोगको धारणा आइसक्छ’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सकेसम्म लकडाउन गर्ने पक्षमा आफू नरहेको बताइरहँदा देशव्यापीरुपमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारी कार्यालयहरूको सेवासमेत कटौती गरिएको छ । दैनिक थपिने नयाँ सङ्क्रमितको झन्डै–झन्डै आधा सङ्ख्या उपत्यकामा देखिएसँगै काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनले अत्यावश्यक सेवा स्थगित नै गर्ने निर्णय गरेका छन् ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नै ‘हटस्पट’ जस्तै बनेसँगै सेवा प्रवाह कसरी सञ्चालन गर्ने भन्नेमा सचिव मन्त्री पुगेका छन् ।

सम्बन्धित समाचार : सिंहदरवारमा फैलिँदो कोरोना सङ्क्रमण : मन्त्री, सचिवदेखि सुरक्षाकर्मीसम्मै सङ्क्रमित

यद्यपि प्रशासनद्वारा जारी आदेशमा परीक्षा सञ्चालनमा भने रोक लगाएको छैनन् । उपत्यकाका तीनै प्रशासनको पछिल्लो आदेशअनुसार विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेश भाषा परीक्षा तथा चिकित्सा शिक्षा सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख छ ।

यति बेला मानवीय स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकोले तत्काल नगरी नहुने बाहेकका कामहरू केही समय स्थगन गर्नु नै बुद्धिमत्ता ठहर्छ ।

प्रतिक्रिया दिनुहोस