७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

अ+ अ-

काभ्रे । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । 

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आदेश जारी गरी भिडभाड हुने गतिविधिमा रोक लगाएका हुन् । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा बुधवार जारी गरिएको आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्ने उल्लेख छ ।

त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार र मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्नुपर्नेछ । 

विश्वविद्यालय, विद्यालय, टु्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भौतिक उपस्थिति नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाई सञ्चालन गर्न समेत आदेशमा भनिएको छ ।

धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ । शुक्रवार देखी जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य साथमा बोक्नुपर्ने व्यवस्था गरिएको आदेशमा उल्लेख छ ।

त्यस्तै धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी व्रतबन्ध, मृत्यु संस्कारलगायत अत्यावश्यक परम्परागत क्रियाकलाप सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी मात्र सञ्चालन गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले भौतिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी अनिवार्य मास्कको प्रयोगमार्फत सेवा प्रवाह गर्न होटेल व्यवसायीलाई निर्देशन दिएको छ । 

सो क्रममा बिना मास्क आउने सेवाग्राहीलाई तोकिएको शुल्क तिरेर मास्क प्रयोग गरी मात्रै प्रवेश गर्न दिने र होटेले चेक इन गर्दाको अवस्थामा २४ घण्टाभित्र आफ्नो होटेलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने र सो को विवरण डिसिएमसीलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्कको अनिवार्य गर्ने, कुनै यात्रुले मास्क नलगाएमा चालक वा सहचालकले बढीमा रु पाँच लिई मास्क उपलब्ध गराउने, सवारीसाधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक र सहचालकले अनिवार्य फेसशिल्ड लगाउने र सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने जारी आदेशमा उल्लेख छ । 

सबै प्रकारका व्यवसायको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको २ पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउन पाउने व्यवस्था गर्न प्रशासनले आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस